लुकाकु र डिबाला साटासाट गर्ने युनाइटेडको प्रस्ताव स्वीकार

 साउन १८, २०७६ शनिबार ७:३३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

पाउलो डिबालाले युभेन्टसमा अर्को सिजनका लागि मेडिकल टेस्ट नगर्ने भएका छन् । साथै उनले युभेन्टसको प्रशिक्षणमा पनि भाग नलिने बताइएको छ । कारण हो उनी अबको केही दिनमा टुरिन छाड्ने पक्का भैसकेको छ ।

म्यानचेस्टर युनाइटेडका रोमेलु लुकाकु र पाउलो डिबाला साटासाट गर्ने युनाइटेडको प्रस्ताव स्वीकार भएको छ ।

डिबाला वार्षिक ९ मिलियन पाउन्ड पारिश्रमिकसहित म्यानचेस्टरमा अनुबन्ध हुनका लागि तयार भएका छन् । केहिदिनअघि मात्रै डिबालाले प्रस्ताव स्वीकार गरेपछि प्रक्रिया अगाडि बढ्ने युभेन्टसले बताएको थियो ।

डिबाला कोपा अमेरिका पछिको बिदा सकाएर फर्किएका छन् । उनले युभेन्टसका नयाँ म्यानेजर माउरिन्हो सर्रिसँग छलफल गरेका थिए ।

चेल्सीका पूर्व म्यानेजर सर्रिसँग उनको यो भन्दा पहिले सम्पर्क थिएन । क्रिस्टियानो रोनाल्डोको आगमनसँगै डिबालाले युभेन्टसमा धेरै संघर्ष गर्नुपरेको थियो । जहाँ उनले गएको सिजनमा १० गोल मात्र गर्न सकेका थिए ।

त्यस्तै युनाइटेडका लुकाकुले पनि धेरै पहिले नै क्लब छाड्न चाहेको कुरा सार्वजानिक भएको थियो । 

बेल्जीयन स्टार लुकाकुले सिरिए उत्कृष्ट लिग हुने विश्वास ब्यक्त गरेका छन् । उनी इन्टर मिलान जान चाहिरहेका थिए तर युभेन्टसले डिबालासँगको सम्झौतालाई सकरात्क रुपमा अगाडि बढाएकाले अब उनी युभेन्टस जाने छन् ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया