आइतबार २० अर्ब निक्षेप सङ्कलन उपकरणको बोलकबोल हुने

 साउन १८, २०७६ शनिबार ८:२:२ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन उपकरणको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार यही साउन १९ गते १५ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गरिने भएको छ । 

बैंकले त्यसलाई निक्षेप सङ्कलन उपकरणको नाम दिएको छ । घटीमा पाँच करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने र बहुब्याजदरमा पनि गर्न सकिने व्यवस्था गरिएको छ ।

यो बोलकबोल प्रक्रियामा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ । निक्षेप सङ्कलनको रकम सम्बन्धित बोलवालाको लगानी हुने भएकाले यो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने बैंकले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया