च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
कास्की - पोखराको साहारा क्लबले १७ औंँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय विवरण सार्वजनिक गरेको छ ।
गएकाे फागुन ९ गतेदेखि १८ गतेसम्म आयोजना भएको प्रतियोगिताबाट १ लाख ४९ हजार रुपैयाँ बचत भएको जनाइएको छ । यो यसअघिको बचतभन्दा न्यून रकम हो । क्लबले अघिल्लो संस्करणमा २४ लाख रुपैयाँ कमाएको थियोे ।
रंगशाला निर्माण गर्ने भन्दै पुरानो प्यारापिट भत्काइएपछि दर्शक कम भएकाले आम्दानी घटेको शनिबार जारी गरिएकाे विज्ञप्तिमा जनाइएको छ ।
क्लबले १७ औंँ संस्करणमा ७० लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको र ६९ लाख २९ हजार रुपैयाँ खर्च भएको जनाएको छ । प्रतियोगिताबाट बचत रकम क्लबले सञ्चालन गरेको सहारा एकेडेमीको लागि खर्च गर्नेछ ।
क्लबले सञ्चालन गरेको सहारा एकेडेमीको अक्षयकोषमा अहिलेसम्म एक करोड रुपैयाँ जम्मा भएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।