ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
ओखलढुंगा - मोलुङ गाउँपालिका-७, पात्लेमा मछिनोको तेल खाँदा एक जनाको ज्यान गएकाे छ । मृत्यु हुनेमा ३९ वर्षीय मकर तामाङ रहेका छन् ।
तामाङले शनिबार रक्सी भनेर झुक्किएर मछिनो (ऐंसेलु चुत्रोजस्तै एक प्रकारको फल)को तेल खाँदा ज्यान गएकाे परिवारका सदस्यले जानकारी गराएको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताउनुभयो । शुक्रबार बेलुकादेखि नै रक्सीले मातेका कुमारले शनिबार बिहान तेल खाएको हुनसक्ने सुनुवारको भनाइ छ ।
मृतक तामाङ आफैंले गएकाे नौ वर्षदेखि पात्लेमा मछिनो उद्योग चलाउँदै आएका थिए । उनले प्लाष्टिकको बोतलमा राखेको मछिनोको तेललाई रक्सी ठानेर पिउँदा बिरामी परेकाले परिवार तथा स्थानीयको सहयोगमा अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको वडाध्यक्ष सुनुवारले जानकारी दिनुभयो ।
मृतक तामाङको शवलाई पोष्टमार्टमका लागि रुम्जाटार अस्पताल पठाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।