च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
आईसीसीले शनिबार सार्वजनिक गरेको नयाँ टी–२० वरीयतामा नेपाल ११ औं स्थानमा यथावत रहेको छ ।
नेपालले १४ टी–२० बाट २०१ रेटिङ निकाल्दै ११ औं स्थानमा यथावत रहेकाे हाे । नेपालले जुलाई महिनामा मलेसियासँगको दुई खेलको टी–ट्वान्टी शृंखला जित्नुका साथै आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेको थियो ।
टी– २० वरीयताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रिका चौथोमा अष्ट्रेलिया, पाँचौमा भारत, छैटाैँमा न्यूजिल्याण्ड, सातौँमा अफगानिस्तान, आठौँमा श्रीलंका, नवौँमा वेष्ट इण्डिज र दशौँमा बंगलादेश रहेका छन् ।
एक दिवसीय वरीयतामा पनि नेपाल १५औंँ स्थानमा यथावत छ । एक दिवसीय वरीयताको शीर्ष स्थानमा विश्व विजेता इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्यूजिल्याण्ड, चौथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।