च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
क्यानडामा जारी ग्लोबल ट्वान्टी–२० क्रिकेटमा सन्दीप लामिछानेले टोरन्टो नेसनलका लागि पहिलो खेल खेलेका छन् । पहिलाे खेलमै उनी महंगाे सावित भएका छन् ।
ब्राम्प्टनको घरेलु मैदानमा ब्याट्सम्यानलाई सहयोग गर्ने पीचमा सन्दीपले अफ्नो स्पेलमा ४४ रन खर्चेर १ विकेट लिए । उनले कोलिन मुनरोलाई आउट गरेका हन् ।
ब्राम्प्टन वोल्भ्सविरुद्धको खेलमा सन्दीप महंगो सावित भए । पाँचौं ओभरमा बलिङको जिम्मा पाएका सन्दीपले आफ्नो पहिलो ओभरमा नै २ छक्कासहित २४ रन खाए । उनीविरुद्ध स्कटल्यान्डका जर्ज मुन्सेले ५ बाउन्ड्री प्रहार गरे ।
आफ्नो दोस्रो ओभरमा सानदार पुनरागमन गरी सन्दीपले ३ रन खर्चेर १ विकेट पनि लिए । इनिङको आठौं ओभरको चौथो बलमा सन्दीपले १६ बलमा २८ रन बनाएर खेलिरहेका कोनिल मुनरोलाई मिचेल म्याक्लनघानको हातबाट आउट गराए ।
आफ्नो तेस्रो ओभरमा १ चौकासहित ७ रन खर्चिए । उनको सपोर्टका लागि क्यानडामा रहेका केहि नेपाली समर्थक रंगशालामा पुगेका थिए ।
सन्दीपले आफ्नो चौथो ओभरमा ११ रन खर्चिए । १४औं ओभरमा उनलाई नितिस कुमार र सहिद अफ्रिदीले एक एक चौका प्रहार गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।