विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य पक्राउ

 साउन १९, २०७६ आइतबार १०:३८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – नेकपा विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य पक्राउ परेका छन् । 

घोराही उपमहानगपालिका–१५ ट्राफिक चोक निवासी २९ वर्षीय हेमन्त जिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिनुभयो । 

शनिबार साँझ साढे ५ बजे लमहीबाट घोराही आउँदै गरेको लु १ च ७४४३ नम्बरको गाडीबाटै उनी पक्राउ परेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका जिसीका बारेमा थप अनुसन्धान भइरहेको छ । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि नेता यो समूहका नेता तथा कार्यकर्ताहरु पक्राउ पर्दै आएका छन् ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया