शेयर बजार उच्च अङ्कले घट्यो

 चैत २५, २०८१ सोमबार १५:३५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच अङ्कले घटेको छ । हिजो सार्वजनिक बिदा रहेकोले यो हप्ता आज पहिलो कारोबार भएकोमा शेयर बजार परिसूचक नेप्से ३३ दशमलव ३३ अङ्कले घटेर दुई हजार छ सय ७० दशमलव ०६ बिन्दुमा झरेको छ ।

आज सबै उपसमूहको शेयर घटेर बजार राताम्मे भएकोमा व्यापार उपसमूह तीन प्रतिशत भन्दा धेरै र फाइनान्स उपसमूह दुई प्रतिशतभन्दा धेरै घटेको छ । आज अप्पर हेवाखोला हाइड्रोपावरको शेयर नौ प्रतिशत भन्दा धेरै घट्यो । समग्रमा बजार घटे पनि बाराही हाइड्रोपावरको शेयर भने सात प्रतिशत भन्दा धेरैले बढेको छ ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गएको बिहिवार सात अर्ब ८४ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज पाँच अर्ब ६५ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

अन्तिम अपडेट: चैत २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया