अमेरिकी कर नीतिले एशियाली देशको शेयर बजारमा गिरावट

 चैत २५, २०८१ सोमबार १२:४२:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको नयाँ कर नीतिले एशियाली शेयर बजारमा धक्का पुगेको छ ।

ट्रम्पले गएको हप्ता घोषणा गरेको रेसिप्रोकल ट्यारिफ नाम दिइएको नयाँ कर नीतिले एशियाका सबैजसो ठूला बैंक, वित्तिय संस्था तथा उद्योगहरुको शेयर मूल्यमा गिरावट आएको हो ।

जापानको शेयर बजार ६ दशमलब ४३ प्रतिशतले झरेको छ । यस्तै हङकङको शेयर बजार ९ दशमलब ८, चीनको ६ दशमलव ६ तथा अस्ट्रेलियाको ४ दशमलब ५ प्रतिशतले ओरालो लागेको बीबीसीले जनाएको छ ।

यस्तै दक्षिण कोरियाको शेयर बजार ४ दशमलब ४, ताइवानको शेयर बजार ९ दशमलब ६ तथा सिंगापुरको  ७ दशमलब १ प्रतिशतले ओरालो लागेको छ ।

शेयर बजार धेरै अङ्कले झर्न थालेपछि आफ्ना उत्पादन विश्व बजारमा निर्यात गर्दै आएका एशियाली देशका मोटर उत्पादक तथा अन्य कम्पनी घाटातर्फ लागेका छन् । तर अमेरिकी राष्ट्रपति ट्रम्पले भने आफ्नो कर नीतिले विश्वव्यापी प्रभाव राम्रो परेको भन्दै मित्र राष्ट्रहरु आफ्नो कर नीतिमा मिलेर काम गर्न आतुर रहेको दाबी गरिरहनुभएको छ ।

उहाँले नयाँ कर नीतिले अमेरिका नाफातर्फ गइरहेकोले यसलाई सकारात्मक परिवर्तन मान्नुपर्ने बताउनुभएको छ । 

अन्तिम अपडेट: चैत २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया