च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
वेष्ट इण्डिजविरुद्धको ट्वान्टी-२० क्रिकेट श्रृङ्खलामा भारतले अग्रता बनाएको छ । अमेरिकाको फ्लोरिडामा भएको पहिलो खेलमा भारतले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको हो ।
वेष्ट इण्डिजले दिएको ९६ रनको लक्ष्य भारतले ६ विकेटको क्षतिमा १७.२ ओभरमा पूरा गर्यो ।
सामान्य लक्ष्य भए पनि भारतलाई निकै हम्मे परेको थियो । चोटबाट पुनरागमन गरेका शिखर धवन दोस्रो ओभरमै १ रनको स्कोरमा आउट भएका थिए ।
विश्वकपका सर्वाधिक रनकर्ता रोहित शर्माले २५ बलमा २ चौका र २ छक्काको सहयोगमा २४ रन बनाएर आउट भए । कप्तान विराट कोहली र मनिष पाण्डेले समान १९ रनको योगदान गरे । ऋषभ पन्त पहिलो बलमै आउट भएका थिए ।
त्यस्तै, क्रुणाल पान्ड्याले १२ रन जोडे । रविन्द्र जडेजा १० र वासिंङ्टन सुन्दर ८ रनमा अविजित रहे । बलिङतर्फ वेष्ट इन्डिजका सेन्डोन कोट्रेल, किमो पल र सुनील नारिनले दुई–दुई विकेट लिए ।
फ्लोरिडामा रहेकाे सेन्ट्रल ब्रोवार्ड रिजनल क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९५ रनको झिनो योगफल खडा गरेको थियो ।
वेष्ट इण्डिजका लागि कायरन पोलार्ड र निकोलास पुरनले मात्र दोहोरो अंकको रन जोडेका थिए । पुरनले २० र पोलार्डले ४९ रनको योगदान गरे । अन्य सबै ब्याट्सम्यान असफल सावित भए ।
वेष्ट इडिजका दुवै ओपनर जोन च्याम्पवेल र एभिन लेविसले खाता खोल्न सकेनन् । तेस्रो नम्बरमा पुरन र चौथो नम्बरमा पोलार्डले संयमित पारी खेलेका थिए ।
पोलार्डले एउटा एन्डबाट रन बनाएपनि अर्को छेउबाट विकेट झर्न रोकिएन । अन्तिम ओभरको तेस्रो बलमा ठूलो शटको चक्करमा आउट भएको पोलार्डले ४९ बलमा २ चौका र ४ छक्का प्रहार गरे ।
भारतीय टोलीबाट डेब्यू खेलेका नवदीप सैनीले ३ विकेट लिए । उनले ४ ओभरमा १ मेडन राख्दै १७ रनमात्र खर्चिए । भुवनेश्वर कुमारले पनि २ विकेट झारे । श्रृङ्खला अन्तर्गत भारतले वेष्टइन्डिजसँग ३ ट्वान्टी खेल खेल्नेछ । दोस्रो खेल आज हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।