नेपाल ओलम्पिक कमिटीको चुनाव भदौ २० मा, दुई जना थपेर १९ सदस्यीय समिति बनाइने

 साउन २०, २०७६ सोमबार १६:११:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनाव आउँदो सेप्टेम्बर ६ अर्थात भदौ २० मा हुने भएको छ । 

एनओसीको बोर्ड बैठकले सेप्टेम्बरको पहिलो साता चुनाव गर्ने मिति तय गरेको हो । यसका साथै कमिटीले कार्यसमितिमा पनि हेरफेर गरेको छ । यसअघि १७ सदस्यीय समितिको संख्यालाई बढाउँदै १९ सदस्यीय समिति हुने भएको छ । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले प्रस्तावित मितिलाई स्वीकृति प्रदान गरेर एनओसीले नयाँ चुनावको मिति तोकेको हो । बैठकले चुनाव सम्पन्न गर्न लोकभक्त राणाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिमा राधिका खतिवडा र भीम थापा रहेका छन् ।

गोप्यरुपमा गरिएको विशेष साधारण सभाले उपाध्यक्ष ४ बाट ५ पुर्‍याउने र ३ जना सचिव थप्ने निर्णय गरेको छ भने सदस्यको संख्या कम गर्ने निर्णय गरेको छ। यसअघि ९ सदस्य हुने गरेकोमा अबदेखि मात्र ७ सदस्य हुने भएका छन् ।

यसपटकको निर्वाचनले अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, सचिव ३ जना, कोषाध्यक्ष १ जना र सदस्य ७ जना गरी १९ जना पदाधिकारी चयन गर्नेछ । बाँकी रहेका एक जना मनोनयन गरिनेछ । 

यस पटकको चुनावमा अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र उमेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । अघिल्लो कार्यकालमा पनि जीवनरामसँगै हार्नुभएका उमेशलाल फेरि उठ्ने बताइएको छ । तर उहाँले आफ्नो दाबेदारीको बारेमा खुलेर बोल्नु भएको छैन । जीवनराम श्रेष्ठले पनि उमेश उठ्ने बाहिर सुनेको भए पनि खुलेर नबोलेको र सकेसम्म प्रयास सर्वसम्मतले गर्ने बताउनु भयो । 

एनओसीमा मताधिकारको अधिकार भएका कुल संघहरू २७ ओटा रहेका छन् । जसमा ब्याडमिन्टन, बक्सिङ, साइक्लिङ, फेन्सिङ, जिम्न्यास्टिक, ह्यान्डबल, हक्की, जुडो, र्‍याफटिङ एन्ड केनोइङ, शुटिङ, फुटबल, कबड्डी, लन टेनिस, एथलेटिक्स, टेबल टेनिस, आर्चरी, बास्केटबल, स्की, पौडी, तेक्वान्दो, ट्रायथोलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, गल्फ र कराते महासंघ रहेका छन् । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया