दुर्घटनामा परेका बेल्जियन साइकलिस्टको मृत्यु

 साउन २१, २०७६ मंगलबार ६:५९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

खेलका क्रममा दुर्घटनामा परेका साइकलिस्टको ज्यान गएको छ । पोल्याण्डमा जारी टूर दि पोलोग्नेको तेस्रो चरणको रेसमा दुर्घटनामा परेका बोर्ग ल्याम्ब्रेटको उपचारका क्रममा ज्यान गएको हो ।

२२ वर्षीय चालक बेल्जियमका हुन् । दुर्घटनापछि तत्कालै उनलाई अस्पताल पुर्‍याइएको थियो । सोमबार उनको निधन भएको हो ।

उनी बेल्जियमका उदयीमान साइकलिस्ट हुन् । व्यावसायिक साइकलिङ प्रतियोगितामा दोस्रो पटक सहभागिता जनाएका ल्याम्ब्रेटले सन् २०१७ मा यू–२३ रेसको उपाधि जितेका थिए । गएको वर्ष भएको यू–२३ विश्वकप च्याम्पियनसिपमा उनी उपविजेता भएका थिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया