च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नसकेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा टी–२० सिरिज खेल्ने भएको छ ।
५ देशको सहभागिता रहने प्रतियोगिता असोजमा हुने भएको छ । ओमान क्रिकेट संघले यसअघि नै प्रतियोगिताको यकिन गरिसकेकाले यो प्रतियोगिता हुने निश्चित जस्तै छ । त्यस बेला नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने संभावना रहेको र यो प्रतियोगिता तयारीका रूपमा राखिएको थियो ।
अब नेपाल विश्वकपको ग्लोबल छनोटमा नपुगेपछि पनि ओमान क्रिकेट संघले नेपाललाइ सहभागिताका लागि दबाबजस्तै दिएको छ । जसका लागि नेपाली क्रिकेट टिमले स्वीकृतीका लागि आइसीसीलाई पत्र पठाएको छ ।
यो प्रतियोगिता ग्लोबल क्वालिफायर्स अगाडि अक्टोबर ३ देखि एघार तारिखसम्म हुनेछ। जसमा टिमहरू तीन तारिखमा ओमान जानेछन भने एघार तारिखमा फर्किनेछन् । यसअघि यो प्रतियोगिता १ देखि १० तारिखसम्म तय भएको थियो ।
नेपालसहित ओमान, आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड्सको सहभागिता रहने सो प्रतियोगिताका लागि आइसीसीले अनुमति भने दिएको छैन । यो प्रतियोगिता ओमानमा गर्नका लागि ओमान क्रिकेट संघले सहभागी सबै संघलाई पत्राचार गरिसकेको छ ।
ओमन क्रिकेट संघलाई सबै टिमले खेल्ने पक्का गरेको बताइएको छ । यो प्रतियोगितापछि ओमान, आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड्स ग्लोबल विश्वकप छनोटमा सहभागिताका लागि जानेछन् । ग्लोबल क्वालिफायर्स १४ अक्टोबरदेखि यूएईमा हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।