सविना र गाेविन्द बने आईटीएफ उत्कृष्ट वर्ष खेलाडी

 साउन २२, २०७६ बुधबार १४:३६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले वर्षको उत्कृष्ट खेलाडीका रुपमा सविना श्रेष्ठ र गोविन्द खत्रीलाई सम्मानित गरेको छ ।

वर्ष २०७५ मा उत्कृष्ट प्रदर्शन गरेको आधारमा महिलातर्फ सविना श्रेष्ठ र पुरुषतर्फ गोविन्द खत्रीलाई सम्मानित गरेको हो । यस्तै महासंघले अन्य विधामा पनि सम्मान प्रदान गरेकाे छ । 

सम्मानित हुनेमा उत्कृष्ट प्रशिक्षक उमेश राजथला बने भने आउटस्ट्यान्डिङ खेलाडीमा विजय श्रेष्ठले पुरस्कार पाए । यस्तै उत्कृष्ट जिल्ला रोल्पा बन्यो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया