च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको टी–२० को वरीयतामा नेपाली टिमका कप्तान पारस खड्काले ठूलो छलाङ मारेका छन् । उनी टी–२०को अलराउण्डरतर्फ ४१ बाट २५औँ स्थानमा उक्लिएका छन ।
हालै मलेसिया र सिंगापुरमा गरेको प्रदर्शनका आधारमा उनी आईसीसीको वरीयतामा पनि ठूलो छलाङ मारेका हुन् । उनले भारतीय खेलाडी सुरेश रैनालाई पनि पछि पारेका छन् । यस्तै त्यही स्थानमा मिचेल सान्टानेर र इल्टोन चिगंम्बुरा पनि रहेका छन । उनले अलराउण्डमा अफगानिस्तानका रासिद खान, डेविड वेली, क्रिस मोरिस, जोय रुट, क्रिस गेल, कायरन पोलार्ड, बेन स्टोकलाई पनि पछि पारेका छन् ।
अलराउण्डमा अर्का खेलाडी साेमपाल कामी ६६औँ स्थानमा यथावत रहेका छन् । नेपाली खेलाडी याे वरीयतामा पुगेकाे अहिलेसम्मकै ठूलाे हाे ।
यस्तै ब्याटिङमा पनि पारस खड्का ६६ औं स्थानमा उक्लिएका छन् । उनको चार सय १७ अंक रहेको छ । उनले महेन्द्रसिंह धोनीलाई पनि पछि पारेका छन । धोनी ६७ औं स्थानमा रहेका छन । यस्तै क्रिस गेल पनि पारस भन्दा पछाडि रहेका छन । गेल ७३ औंँ स्थानमा छन ।
यस्तै बलिङमा नेपाली बलर बसन्त रेग्मी ७१ औं स्थानमा झरेका छन् भने सोमपाल कामी ७८ औं स्थानमा यथावत रहेका छन् ।
अलराउण्डरतर्फकाे पूरा र्याङ्किङ यहाँ हेर्नुहाेस्
ब्याटिङतर्फकाे पूरा र्याङ्किङ यहाँ हेर्नुहाेस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।