आइपुग्यो ‘मास प्रिन्टर’, स्मार्ट लाइसेन्सकाे समस्या हट्ने दावी

 साउन २२, २०७६ बुधबार २०:०:४८ | रासस
unn.prixa.net

काठमाण्डाै - झण्डै १० लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहँदा सरकारले ‘मास प्रिन्टर’ भित्र्याएको छ ।

बुधबार दिउँसो मात्रै प्रिन्टर आइपुगेको यातायात व्यवस्था विभागले जनाएको छ । याे प्रिन्टर प्रयोगमा आउन डेढ महिनाजति लाग्ने विभागका प्रवक्ता तीर्थराज खनालले बताउनुभयो । प्रिन्टरको जडान, परीक्षणलगायतका काम सकिएपछि नियमित रुपमा सञ्चालनमा आउने उहाँले बताउनुभयो । विभागले मद्रास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरिद गरेको हो । 

‘स्मार्ट’ चालक अनुमतिपत्र वितरणमा रहेको ढिलाइ हटाउनका लागि ‘मास प्रिन्टर’ खरिद गरिएको उहाँले बताउनुभयो । प्रवक्ता खनालले भन्नुभयो, प्रिन्टरले नियमित रुपमा काम गर्न सुरु गरेपछि अहिले रहेको समस्या समाधान हुनेछ ।

सरकारले गएकाे वर्ष ग्लोबल बोलपत्रमार्फत प्रिन्टर खरिद प्रक्रिया अघि बढाएको थियो । प्रिन्टर खरिदका लागि तोकिएको अवधि अघिल्लाे महिनामा नै सकिएको थियो । तोकिएको अवधिमा प्रिन्टर नआएपछि आफूहरु ठेकेदार कम्पनीलाई नियमित रुपमा घचघचाइरहेको विभागले जनाएको छ । 

विभागमा रहेको मुद्रणयन्त्र ९छपाइ मेसिन० को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले जनाएको छ । विभागमा अहिले नौ वटा उपकरण रहेका छन् ।  तीमध्ये छ÷सात वटाले मात्रै नियमित काम गरिरहेको प्रवक्ता खनालले बताउनुभयो । विभागले नयाँ वा नवीकरणका लागि परेका आवेदनबाट एक वर्ष वा त्योभन्दा पहिलेदेखिको कार्ड छाप्न बाँकी छ । 

 सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमै चालक अनुमतिपत्र पाएका थिएनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया