शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेट प्रतियोगिताको इलिमिनेटर खेलमा सन्दीप लामिछाने संलग्न टिम टोरन्टो नेशनल्स सोमपाल कामी रहेको विनिपेग हक्ससँग २ रनले पराजित भएको छ ।
बिहीआार हारपछि सन्दीपको टिम प्रतियोगिताबाट बाहिरिएको छ भने सोमपालको टिम क्वालिफायर्समा पुगेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको टोरन्टोले २० ओभरमा ५ विकेट गुमाउँदै दुई सय ३८ रन बनायो । उसका लागि हेनरीच क्लासेनले शतकीय पारी खेले । जसमा उनले ४९ बलमा ११ चौका र ५ छक्काको मद्दतले एक सय ६ रन बनाए ।
यस्तै रोद्रिगो थोमसले ७३ तथा चिराग सुरीले १६ रनको योगदान गरे । ४२ रनमा पहिलो विकेट गुमाएको टोरन्टोका लागि रोद्रिगो र हेनरीचले शतकीय साझेदारी गरेका थिए ।
त्यसछि अरु खेलाडीले खासै राम्रो साझेदारी गर्न नसके पनि टिमले ठूलो योगफल तयार पार्यो । यो खेलमा सोमपाल कामीलाई बेन्चमा राखिएको थियो भने सन्दीप टिममा परेका थिए ।
जवाफमा पर्याप्त लाइट नभएपछि हक्सले टोरन्टोलाई डीएल प्रणालीबाट २ रनले पराजित गर्दै क्वालिफायर्समा पुग्न सफल भयो । सुरुवात राम्रो गर्न नसकेको हक्सले २७ रनमा दुई विकेट गुमाएको थियो । त्यसपछि उसले ४९ रनमा तेस्रो विकेट खेर फाल्यो । उसका क्रिस लीन २१ रनमा आउट भए भने शाइमन अनवर पाँच तथा उमर अकमल एक रनमा पेभेलियन फर्किए ।
यस्तै सन्नी सोहेललाई सन्दीपले ३६ रनमा पेभेलियनको बाटो देखाए । अन्तिममा जेपी डुमिनी र रयाद एम्रित क्रिजमा हुँदा पर्याप्त लाइट नभएपछि खेल रोकियो । जसका कारण डीएल प्रणालीमा सन्दीप आवद्ध टिम दुई रनले पराजित भयो ।
डीएल प्रणाली अनुसार हक्सले एक सय ९९ रनको नयाँ लक्ष्य पाएको थियो । जसमा हक्सले दुई सय एक रन बनाइसकेको थियो । डुमिनी ८५ रनमा अविजित रहे भने इम्रितले ३३ रन बनाए । यो खेलमा सन्दीपले २ विकेट लिएका थिए ।