स्वर्ण विजेता अजित यादवलाई मोटरसाइकल

 साउन २४, २०७६ शुक्रबार २०:२८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल एथलेटिक्सले मध्यम दूरीका धावक अजितकुमार यादवलाई पूर्व घोषित पुरस्कार मोटरसाइकल शुक्रबर प्रदान गरेको छ ।

हङकङमा मार्च १७ तारिखमा भएको तेश्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडमा स्वर्ण जितेपछि एथलेटिक्स संघले पुरस्कार स्वरुप अजितलाई मोटरसाइकल दिने घोषणा गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले अजितलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरे ।

१ लाख ९२ हजार ९ सय रुपैयाँ मूल्य पर्ने टीभीएसको स्ट्राइकर १ सय २५ सीसीको मोटरसाइकल अजितलाई प्रदान गरिएको हो ।

त्यस अवसरमा उनका प्रशिक्षक धनीराम चौधरीलाई पनि नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया