भारतीय क्रिकेटर सुरेश रैना ६ हप्ता मैदान बाहिर

 साउन २५, २०७६ शनिबार १०:५८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट टिमका खेलाडी सुरेश रैना कम्तीमा ६ हप्ता मैदान बाहिर हुने भएका छन् । 

पछिल्लो समय राष्ट्रिय टिममा खासै नदेखिएका रैनाको खुट्टाको शल्यक्रिया भएको छ । जसका कारण उनले कम्तीमा ६ हप्ता आराम गर्नुपर्ने हुन्छ ।

रैनाको नेदरल्याण्ड्सको राजधानी एम्सटरड्याममा घुँडाको शल्यक्रिया गरिएको हो । गएको सिजनदेखि घुँडाको चोटबाट गुज्रिरहेका रैनाले शल्यक्रियापछि अर्को महिनाबाट सुरु हुने भारतीय घरेलु प्रतियोगिता गुमाउने भएका छन् ।

शल्यक्रियापछि रैनाले फिजियोथेरापी पनि गर्नुपर्नेछ । जसका कारण उनी मैदानमा फर्कन समय लाग्ने बताइएको छ ।

रैनाले भारतीय क्रिकेट टिमका लागि १८ टेस्ट, दुई सय २६ एकदिवसीय र ७८ ओटा टी–२० खेल खेलका छन् । उनले अन्तिम पटक राष्ट्रिय टिमबाट सन् २०१८ को जुलाईमा इंग्ल्याण्डविरुद्ध भएको एकदिवसीय खेल खेलेका थिए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया