नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
जम्मू जिल्ला प्रशासनको तर्फबाट अवस्थाको समीक्षा गर्दै शनिबार धारा १४४ सीआरपीसी (आपराधिक प्रक्रिया संहिता) हटाइएको छ । धारा १४४ लागेपछि चार वा चार जनाभन्दा माथिकाे संख्यामा भेला हुन प्रतिबन्ध लाग्दछ ।
जम्मूमा गएको अगष्ट ५ धारा १४४ लगाइएको थियो । त्यसको पाँच दिनपछि स्कुल, कलेज पनि खुलेको छ । अब सबै गतिविधि सामान्य हुन थालेको छ, प्रशासनको तर्फबाट नजर भने राखिनेछ ।
तर इन्टरनेट सेवा भने अझै पनि बन्द छ । जम्मूमा बकर ईदको तयारीलाई लिएर शनिबार पसल, बजार, स्कुल र कजेल खुलेको हो । मानिसहरुले यो पर्वलाई शान्तिपूर्ण तरिकाले मनाउन सकून् भनेर सुरक्षा संयन्त्र कडा बनाइएको छ । जम्मू जिल्ला उपायुक्त सुषमा चौहानका अनुसार अवस्था सामान्य भएर ने धारा १४४ हटाइएको हो ।
— ANI (@ANI) August 10, 2019
शनिबार जम्मूको अवस्था सामान्य भैसकेपछि बिहान छात्रछात्राहरु स्कुल र कलेज गैरहेका देखिन्थे । त्यस्तै सडकमा सवारी साधन पनि गुडेको देख्न सकिन्थ्यो । प्रहरीका अनुसार शुक्रबार कैयाैँ संवेदनशील इलाकामा प्रतिबन्ध लगाइएको थियो । धार्मिक स्थलहरुमा सुरक्षा सयन्त्र थप चनाखो पारिएको छ ।
प्रतिबन्ध लागू भएसँगै बकर ईद पर्वको अवसरमा बजार प्रभावित भएको थियो तर शनिबार धारा १४४ लाई हटाइएपछि बजार सामान्य बनेको छ । कश्मीरमा भने क्फ्यू जारी छ, त्यस्तै इन्टरनेट सेवा पनि ठप्प छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।