इंग्लिस प्रिमियर लिग : सिटीले वेस्ट ह्यामलाई पाँच-शून्यले हरायाे

 साउन २५, २०७६ शनिबार १९:५५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

इग्लिस प्रिमियर लिगमा साविक विजेता म्यान्चेस्टर सिटी ५-० गोल अन्तरले विजयी भएको छ ।

यो सिजनको पहिलो खेल खेलेको सिटीले वेस्ट ह्यामलाई ५-० ले हराउँदा रहिम स्ट्रर्लिङले ह्याट्रिक गरे । खेलको पहिलो बीस मिनेट सिटीलाई बराबरीमा रोक्न सफल भएको वेस्ट ह्यामले पच्चिसौँ मिनेटमा गोल खान पुग्यो । सिटीका लागि गाब्रियल जिससले गोल गर्न सफल भए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको सिटीले एकाउन्नौँ मिनेटमा दोस्रो गोल थप्यो । उसका लागि रहिम स्ट्रलिङले गोल गरे । ५३औँ मिनेटमा फेरि जिससले गोल गरे पनि भार प्रणालीको प्रयोगले रेफ्रीले गोल दिएनन् ।

त्यसपछि फेरि ५५औँ मिनेटमा रहिमले नै सिटीका लागि गोल गरे पनि भारको प्रयोगबाट अफसाइड दिइयो ।

तर ७५औँ मिनेटमा सिटीले तेस्रो गोल थप्यो । उसका लागि रहिमले नै गोल गरे । त्यसपछि ८४औँ मिनेटमा सिटीका सर्जियो अगुइरोलाई डिबक्समा लडाएपछि सिटीले फेरि भारको सहायताले पेनाल्टी पायो । जसलाई अगुइरोले नै ८६औँ मिनेटमा गोलमा परिणत गरे ।

त्यसपछि खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा स्ट्रर्लिङले नै गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे भने टिमलाई ५-० को जित दिलाए ।

लिगको उपाधि अघिल्लो सिजन जितेर ह्याट्रिक गरेको सिटीले यो जितसँगै पहिलो ३ अंक जोडेको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया