ग्लाेबल टी-२० लिग : साेमपाल रहेकाे टिम विनिपेग हक्स फाइनलमा

 साउन २६, २०७६ आइतबार ८:४३:१६ | एजेन्सी
unn.prixa.net

नेपाली बलर सोमपाल कामीको टिम विनिपेग हक्स क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा ब्रम्टन उल्भ्सलाई सात विकेटले हराउँदै हक्स उपाधि नजिक पुगेको हो ।

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको उल्भ्सले २० ओभरमा सात विकेट गुमाउँदै दुई सय रन बनाएको थियो । उसका लागि कप्तान डारेन सामीले ३३ रन बनाउँदा शाहिद अफ्रिदी र बाबर हायातले समान ३२–३२ रन बनाए । यस्तै वहाब रियाजले २३ रनको योगदान गरे । यो खेलमा नेपाली बलर सोमपाल कामी बेन्चमा राखिएको थियो । बलिङमा हक्सका रायद इम्रितले तीन तथा कलीम सानाले दुई विकेट लिए ।

जवाफमा हक्सले २० ओभरमा तीन विकेट गुमाउदै लक्ष्य पूरा गर्यो। उसका जितमा सैमन अनवरले ५२ तथा जेपी डुमीनीले ५० रन बनाए । यस्तै सन्नी सोहेलले ४१ रन बनाउँदा क्रिस लियोनले ३५ रनको योगदान गरे । अब उसले उपाधिका लागि भोली भ्यानकुभर नाइट्ससँग खेल्नेछ ।

सुरुवाति ११ मा स्थान बनाउन नसके पनि सोमपालले १२औं खेलाडीका रुपमा मैदान प्रवेश गर्दै शाहिद अफ्रिदीको क्याच लिएका थिए ।

सातौं नम्बरमा ब्याटिङ गर्न आएका अफ्रिदी १६ बलको सामना गर्दै एक चौका र तीन छक्का प्रहार गरेर आउट भए । पौल भ्यान मेकेरिनको बलमा १८ दशमलव पाँच ओभरमा आउट भएका अफ्रिदीको क्याच सोमपालले लिएका हुन् ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया