ओखलढुंगामा जीप दुर्घटना : दुई जना गम्भीर घाइते

 साउन २७, २०७६ सोमबार १९:१५:१५ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – सिद्धिचरण नगरपालिका–८, सल्लेरीमा जीप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

सदरमुकाम ओखलढुंगाबाट बेतिनीतर्फ जाँदै गरेको ज १ ज १९८ नम्बरको जीप सडकभन्दा ५० मिटर तल खसेको थियो । आइतबार साँझ ५ः४५ बजे भएको दुर्घटनामा सिद्धिचरण नगरपालिका–८, का २४ वर्षीया अनुपा धमला र १९ वर्षीया सुष्मा धमला गम्भीर घाइते भएका छन् ।

शरीर तथा टाउकोमा गहिरो चोट लागेका उनीहरुको प्राथमिक उपचार सामुदायिक अस्पताल ओखलढुंगामा भए पनि अवस्था गम्भीर रहेको भन्दै अस्पतालले काठमाण्डौ रेफर गरेको छ । वर्षाका कारण हेलिकोप्टर आउन नसक्ने भएकाले उपचारमा समस्या आएको वडा नं. १० का अध्यक्ष दामोदर धमलाले बताउनुभयो ।

दुर्घटनापछि जीप चालक जनक तामाङ भने फरार रहेका छन्  । दुर्घटनाको कारण खुलिनसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख  डीएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया