च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने तयारीमा रहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।
— Sandeep Lamichhane (@IamSandeep25) August 13, 2019
भिसा पाएपछि सन्दीपले अमेरिकी दूतावास र आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद दिएका छन् ।
सीपीएल खेल्न जानका लागि सन्दीपले मंगलबार बिहान अमेरीकी दूतावासमा अन्तवार्ता दिएका थिए । तर उनलाई कुनै कारणबिना नै भिसाका लागि अस्वीकृत गरेको थियो । त्यसपछि उनले आफ्नो असन्तुष्टि ट्वीटमार्फत पाेखेका थिए ।
सन्दीपले प्रधानमन्त्री केपी शर्मा वली र अमेरिकी दूतावासलाई मेन्सन गर्दै अमेरिकाले भिसा नदिएको उल्लेख गरेका थिए । आफूले सन २०१६ देखि विश्वका विभिन्न लिगमा नेपालको प्रतिनिधित्व गरिरहेको र एउटा राष्ट्रिय खेलाडीलाई अमेरिकाले भिसा नदिएकोमा अचम्म लागेको उल्लेख गरेका थिए ।
भर्खरै क्यानडामा ग्लोबल टी-२० लिग खेलेर फर्किएका सन्दीप अर्को वैदेशिक लिग खेल्न जान लागेका हुन् ।
सुरुमा अमेरिकी दूतावासले भिसा नदिए पनि पछि रिभ्यूका लागि भन्दै बाेलाएर सन्दपीलाई भिसा दिएकाे हाे । केही असमझदारीका कारण उनलाई पहिलो पटक रिजेक्ट गरेको स्रोतले बतायो ।
उनले आफूलाई भिसा नदिएको कुरा ट्विटरमा राखेपछि दूतावासको तीव्र आलोचना भएको थियो ।
सीपीएलका लागि सन्दीप सेप्टेम्बरको पहिलो साता वेष्ट इन्डिज जाने तयारीमा रहेका छन् ।
नेपालबाट सीधै वेष्ट इन्डिज जान सम्भव नभएकाले सन्दीपले अमेरिकाको भिसाका लागि आवेदन दिएका थिए । वेष्ट इन्डिज जान बेलायत र अमेरिका हुँदै जानु पर्ने हुन्छ । वेष्ट इन्डिजका पनि विभिन्न टापुहरुमा खेल हुने भएकाले कतिपय अवस्थामा अमेरिकाको बाटो प्रयोग गर्नु पर्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रबन्धक रमन शिवाकोटीले जानकारी दिए ।
सन्दीपको टोली बार्बाडोस ट्राइडन्ट्स सन् २०१४ को क्यारेबियन लिगको विजेता टोली हो । सन्दीपको टोलीका कप्तान जेसन होल्डर हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।