सन् २०२८ को ओलम्पिकमा क्रिकेट पनि सहभागी गराउने पहल गर्दै आईसीसी

 साउन २८, २०७६ मंगलबार १८:५१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेटलाई सन् २०२८ को ओलम्पिकमा सामेल गराउन हरसम्भव प्रयासमा जुटेको छ । 

अन्तर्राष्ट्रिय कमिटी मेलबर्न क्रिकेट क्लबका अध्यक्ष माइक गेटिंगले सन् २०२८ मा अमेरिकाको लस एन्जल्समा हुने ओलम्पिकमा क्रिकेटका खेलाडीले पनि भाग लिन सक्ने बताएका छन् । 

आईसीसीका प्रमुख कार्यकारी अधिकृत मनु स्वाहनेले पनि क्रिकेटलाई ग्लोबल प्लेटफर्म दिन मेहनत गरिरहेको मेलबर्न क्रिकेट क्लबलाई आश्वासन दिएका छन् । गेटिंगले पनि मनु स्वाहनेसँग कुरा गरेको र सन् २०२८ को ओलम्पिकमा क्रिकेट पनि थपिन सक्ने बताएका छन् । 

‘ओलम्पिकमा आईसीसीलाई दुई हप्ताको तालिका बनाउनु त्यति मुश्किल पनि हुँदैन किनकि ओलम्पिक चर वर्षमा एक पटक आयोजना हुन्छ’, गेटिंगले भने ।गेटिंगले तालिका तयार गर्नका लागि अबका १८ महिना निकै महत्वपूर्ण हुने बताए । उनले यी १८ महिना धेरै समस्याहरुको सामना गर्नुपर्ने बताएका छन् ।

ती समस्यामध्ये क्रिकेटले एउटा समस्याबाट त छुटकारा पाइसकेको छ । भारतीय क्रिकेट टिम (बीसीसीआई) ले पनि ड्रग्स एजेन्सी र नाडासँग काम गरिरहेको छ । 

महिला क्रिकेटलाई भने सन् २०२२ को राष्ट्रमण्डल खेलको रोस्टरमा सामेल गरिएको थियो । महिला क्रिकेटले सने २०२२ मा बर्मिङ्घममा हुने कमनवेल्थमा भाग लिनेछ । 

माइक गेटिंगले भनेका छन्, ‘एक दुई दिनमा महिला क्रिकेट खेलाडीले एजबेस्टनमा हुने राष्ट्रमण्डल खेलमा भाग लिन्छन् कि लिँदैनन् । यदि यो सफल भएको खण्डमा क्रिकेटको इतिहासमा निकै ठूलो दिन हुनेछ ।’ 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया