च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण पहिलो भलिबल प्रतियोगिता बुधबार हुँदैछ । अपरान्ह ३ बजेपछि लगनखेलमा रहेको सैनिक शारिरीक तालिम तथा खेलकुद केन्द्रमा हुने छ ।
भदौ २ गतेदेखि हुने लागेको पाचौँ एसियन सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि अफगान टोली मंगलबार काठमाण्डाै आइपुगेको हो । टोलीलाई नेपाल भलिबल संघका उपाध्यक्ष निरोज मास्के तथा संघका पदाधीकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
प्रतियोगिता अगाडि नै आएको अफगानटोलीले बुधबार र विहीबार २ वटा मैत्रीपूर्ण भलिबल खेल्ने छ ।
यसलाई सेन्ट्रल जोनको तयारी खेलको रुपमा हेरिएको छ । सेन्ट्रल जोनमा नेपाल र अफगानिस्तानसहित बंगलादेश, कीर्गिस्तान, माल्दिभ्स, तुर्किमिनिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्ने छ । अफगान टिमका प्रशिक्षक तथा कप्तानले आफूहरुको मुख्य लक्ष भनेको उपाधि हात पार्ने नै हो भन्दै प्राय सबै टोलीको खेलसँग आफूहरु जानकार रहेको बताएका छन् ।
नेपाली टिमका कप्तान इम रानामगरले तयारी राम्रो भएको बताउँदै अफगानिस्तानसँगको खेलले प्रतियोगितामा गल्ती सच्याउने अवसरको रुपमा हेरेको उल्लेख गरे । उनले विगतमा अफगानिस्तानको टिमलाई पराजित गरेको सकेको बताउँदै एकै पटक प्रतियोगिता खेल्नु भन्दा पनि यस्तो अभ्यास खेलले टिममा सुधार आउने विश्वास व्यक्त गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।