च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
वेष्ट इण्डिजविरुद्धको तेस्रो एकदिवसीय खेल भारतले जितेको छ । बुधबार राति भएको खेलमा भारतले वेष्ट इण्डिजलाई ६ विकेटले पराजित गर्यो । जितसँगै भारतले तीन खेलको सिरीज दुई शून्यले आफ्नो पक्षमा पारेको छ ।
वेष्ट इण्डिजको पोर्ट अफ स्पेनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजको पारीमा वर्षा बाधक बनेको थियो । उसको स्कोर २२ ओभरमा एक सय ५८ रन हुँदा भारी वर्षा भएपछि खेल केहीबेर रोकिएको थियो ।
वेष्ट इण्डिजका लागि क्रिस गेलले विस्फोटक ७२ रन बनाए भने इभीन लुइसले ४३, सेइ होपले २४, सिमरोन हिटमेयरले २५ तथा निकोलस पुरनले ३० रनको योगदान गरे । वर्षापछि सुरु भएको खेल डक वर्थ एण्ड लुइसको नियमका आधारमा ३५ ओभरमा झारीएको थियो । जसम वेष्ट इन्डिजले सात विकेट गुमाएर दुई सय ४० रन बनाएको थियो । बलिङमा भारतका खलिल अहमेदले तीन तथा मोहम्मद सामीले दुई विकेट लिए ।
जवाफमा भारतले ३२ ओभर तीन बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उसका लागि कप्तान विराट कोहलीले शतकीय पारी खेले । करियरमा ४२ औं शतक बनाउने क्रममा उनले १४ चौका प्रहार गरेका थिए ।
यस्तै, श्रैयस ऐयरले ६५ तथा शिखर धवनले ३६ रन बनाए । केदार ज्यादवले १९ रन थपे । प्रतियोगिताको म्यान अफ द म्याच र म्यान अफ द सिरीज विराट कोहली नै भए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।