लिभरपुलले जित्यो चाैथाे पटक सुपर कपको उपाधि

 साउन ३०, २०७६ बिहिबार ७:१०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

यूईएफए सुपर कपको उपाधि लिभरपुलले जितेको छ । फाइनलमा फ्रांक लाम्पार्डको टिम चेल्सीलाई पेनाल्टीमा पाँच–चारले पराजित गर्दै लिभरपुलले चौथो पटक सुपर कपको उपाधि जित्न सफल भयो । 

टर्कीको स्तानबुलमा भएको निकै रोमाञ्चक खेलमा दुवै टिमले निर्धारित ९० मिनेट र थप गरिएको इन्जुरी समयमा दुई–दुई गोलको बराबरी खेलेका थिए । त्यसो त चेल्सीले सुरुवाती एक गोलको अग्रता जोगाउन सकेन । 

खेलको पहिलो आधा घण्टा बराबरी भएको थियो । ३६ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अगाडि रहेको चेल्सीविरुद्ध लिभरपुलले ४८ औं मिनेटमा खेल बराबरी गर्‍यो । उसका साडियो मानेले गोल गर्न सफल भए । 

यो सिजन पहिलो पटक पुरै खेल खेलेका मानेकै गोलमा ९५ औं मिनेटमा लिभरपुलले अग्रता बनायो । 

त्यसपछि निर्धारित ९० मिनेटमा अरु गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलियो । जसमा एक सय एक मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत गोल गर्न सफल भए । खेल दुई दुईको अवस्थामा पुगेका बेला अरु गोल नभएपछि टाइब्रेकरमा धकेलियो । जसमा लिभरपुलले पाँच गोल गर्दा चेल्सीका केभिन अब्राहिमको प्रहार लिभरपुलका गोलकिपर एड्रियनले बचाए ।

पेनाल्टीमा लिभरपुलका रोबर्टो फेरमिन्हो, फाबिन्हो, ओरिगी, एलेक्सान्देर आर्नोल्ड र मोहम्मद सलाहले गोल गरेका थिए । यता चेल्सीका जोर्गिन्हो, र्बाक्ले, मोउन्ट र इमिरसनले गोल गर्दा अब्राहमका प्रहार रोकिन पुग्यो ।
 
प्रिमियर लिगमा पनि बलियो सुरुवात गरेको लिभरपुलले सुपर कपको उपाधि चौथो पटक उचाल्न सफल भयो । 

यता लाम्पार्डका लागि चेल्सी आगमन निकै खल्लो बनेको छ । प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग चार शून्यको हार ब्यहोरेका लाम्पार्डको लगातार दोस्रो हार बनेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया