च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले स्टार स्ट्राइकर नेइमारलाई बिक्री गर्न निकै महंगो रकम मागेको छ । जसका कारण दुई स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडले यो अफरलाई म्याच गर्न सकेनन् ।
नेयमारका लागि बार्सिलोनाले एक सय मिलियन युरो र फिलिप कोउन्टिन्होलाई दिने अफर गरेको थियो । यसका साथै उनलाई भित्र्याउन बार्सिलोनाले इभान राकिटिचलाई दिने समेत बताएको थियो । तर पीएसजीले बार्सिलोनाको यो अफरलाई अस्वीकार गरेको छ ।
यता रियलले दुई खेलाडी ग्यारेथ बेल र हामेस रोद्रिगुइजलाई लोनमा पठाउने र रकम पनि दिने बताएको थियो । तर त्यसलाई पनि पीएसजीले सोझै अस्वीकार गर्यो । रियललाई पीएसजीले बेल र हामेसको सट्टा भिसिनियर जुनियरलाई पठाउन भनेको थियो, तर रियलले त्यसलाई अस्वीकार गर्यो ।
२०१७ मा पीएसजीमा विश्वको सबै भन्दा महंगो खेलाडीका रुपमा अनुबन्ध भएका नेयमारले नै पछिल्लो पटक आफू बार्सिलोना जान इच्छुक रहेको बताएका थिए । पीएसजीमा आएपछि उनले दुई सिजनमा ३४ गोल गरेका छन् । तर पछिल्लो पटक चोटले उनलाई निकै सताएको छ ।
पीएसजीका समर्थकले पनि नेइमारलाई क्लब छोड्न भन्दै मैदानमा नै ब्यानर देखाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।