अफगानिस्तानविरुद्धकाे दाेस्राे मैत्रीपूर्ण भलिबल प्रतियाेगिता पनि नेपालले जित्याे

 साउन ३०, २०७६ बिहिबार १८:२७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसियन सेन्ट्रल जोन भलिबलको तयारी स्वरुप अफगानिस्तान विरुद्धको दुई वटै मैत्रीपूर्ण खेल नेपालले जितेकाे छ ।

झण्डै एक वर्षपछि विदेशी टिमसँग खेलेको नेपालले दुवै खेलमा उत्कृष्ट कमब्याक गर्न सफल भयो । लगनखे स्थित आर्मीको कोर्टमा भएको खेलमा नेपालले दुवै खेल पाँच सेटमा जितेको हो । पहिलो खेलमा पनि सुरुवाति सेट गुमाएको नेपालले कमब्याक गर्दै खेल ३-२को सेटमा जित निकालेको थियो ।

बिहीबार भएको दोस्रो खेलमा पनि नेपालले सुरुवाति दुई सेट गुमाइसकेको अवस्थामा उत्कृष्ट कमब्याक गर्दै खेल ३-२ ले नै जित्यो । नेपालले पहिलो सेट २५–२२ ले गुमायो भने दोस्रो सेट २५–१५ ले हार्न पुग्यो ।  नेपाल आज भने दुवै सेटमा केहि कमजोर देखियो । नियमित कप्तान इम रानामगर कोर्ट बाहिर रहेको बेफाइदा नेपालले भोग्यो ।

पहिलो सेटमा सुरुवातमा केही प्रतिस्पर्धात्मक रहेपनि दोस्रो सेटमा भने रिसिभ र स्पाइकमा पनि कमजोर देखियो । पहिलो खेलमा बेहोरेको हारमा देखिएका कमजोरीलाई अफगानिस्तान आजको खेलमा निकै सुधार गरेको थियो । तेस्रो सेटमा भने नेपालले सुरुवाति दुई से भन्दा केही राम्रो खेलेको थियो । सुरुवातमा नै चार शुन्य अंकले पछि परेको नेपालले विस्तारै आफुलाई खेलमा फर्काएको थियो । सेटको अन्तिममा २४–२४ को अवस्थामा रहेका बेला नेपालले लगातर दुई अंक बटुल्दै २६–२४ ले जित्न सफल भयो ।

चौथो सेट नेपालले २६–२४ ले जित्न सफल भयो । नेपाली टिमले सुरुवात देखि नै अफगानिस्तानलाई दबाबमा राखेको थियो । सुरुवाति पाँच सर्भिसमा चार अंक बटुलेको नेपालले त्यसपछि केहि गल्ति गर्न पुग्यो । जसका कारण खेल एक सय ११–११ मा पुगेको थियो । त्यसपछि स्कोर १३–१२ को अवस्थामा अफगानिस्तानका खेलाडीले रेफ्रीको निर्णयमा असन्तुष्टि पोखेका थिए । तर त्यसपछि अफगानिस्तानले केही उत्कृष्ट स्पाइक गर्दा स्कोर १८–१६ मा पुर्‍याएको थियो ।

निकै रोमाञ्चक बनेको खेल एक समय १८–१८ को अवस्थामा रहेको थियो । सेटको अन्तिममा खेल झन उत्कृष्ट बनेको थियो । सेट २१–२१ को अवस्थामा रहेका बेला नेपालले दुई अंक बटुल्दै २३–२१ मा पुर्‍याएको थियो । अन्तिममा २३–२३ को अवस्थामा रहेको खेल फेरि २४–२४ अंकमा पुगेको थियो । तर अन्तिममा राजेन्द्र विष्टले दुई अंक स्पाइकबाट बटुल्दै नेपाललाई सेट दिलाए ।

अन्तिम सेट नेपालले १५–१२ ले जित्न सफल भयो । सो सेटमा नेपालले सुरुवातमा दुई सेटले पछि परेको अवस्थामा जित्न सफल भयो । खेलको बीचमा सेट १०–१० को अवस्थामा पुर्‍याएको थियो । तर अन्तिममा नेपालले लगातार तीन अंक ल्याउदै सेट आफ्नो पक्षमा पार्‍याे ।

यो जितसँगै नेपालले एभीसी सेन्ट्रल जोनका लागि मनोबल उच्च बनाएको छ । भदौ २ गतेबाट सुरु हुने प्रतियोगितामा सात टिमको सहभागिता रहेको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया