स्पेनिस ला लिगा आजदेखि : बार्सिलोना विल्बाओको मैदानमा खेल्दै

 साउन ३१, २०७६ शुक्रबार ७:५१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

शुक्रबारदेखि स्पेनिस ला लिगा सुरु हुँदैछ । पहिलो दिन शुक्रबार डिफेन्डिङ च्याम्पियन बार्सिलोना र एथ्लेटिक क्लब आमने सामने हुँदैछन् । यो खेल नेपाली समय अनुसार राति पौने एक बजे हुनेछ ।

एथ्लेटिक विल्बाओको मैदानमा हुने खेलमा मेस्सी नखेल्ने सम्भावना छ । ला लिगा इतिहासमा अहिलेसम्म रेलिगेसनमा नपरेका दुई टिम हुन्, बार्सिलोना र एथ्लेटिक विल्बाओ ।

बिल्बाओले यो समरमा एक जना पनि नयाँ खेलाडी किनेको छैन । बरु उसले आफ्नै एकेडेमीबाट खेलाडीलाई पहिलो टिममा बढुवा गराएको छ ।

यता बार्सिलोनाले भने विश्व फुटबलका उत्कृष्ट खेलाडीलाई अनुबन्ध गरेको छ । उसले एन्टोइन ग्रिजम्यान, फ्रेंकी डि जोङ, जुनियर फिर्पो जस्ता खेलाडी अनुबन्ध गरिसकेको छ र अझ पनि केही खेलाडी थप्ने मनसायमा छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया