च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - मलेसियाको लिग च्याम्पियन टिम जोहोर दरुलसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।
प्रशिक्षक योहान कालिनले घोषणा गरेको २३ खेलाडीको सूचीमा अधिकांश पुराना खेलाडीकै वर्चश्व रहेको छ । तर टिमका मुख्य गोलकिपर किरण चेम्जोङ भने यो खेलमा उपस्थित नहुने भएका छन् ।
मलेसियाको पसर गुडाङ स्टेडियममा हुने खेलका लागि घोषित भएको टिम यसप्रकार रहेको छ ।
गोलकिपर : विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजित धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनील बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
स्ट्राइकर : विमल घर्ती मगर, अभिशे रिजाल, नवयुग श्रेष्ठ
अगष्ट २६ तारिखमा हुने यो खेलमा स्ट्राइकर भरत खवास पनि अनुपस्थित हुने भएका छन् । यता किरण चेम्जोङ हाल जापानी लिगमा ट्रायलका लागि गएकाले यो खेल गुमाउने भएका छन् ।
यस्तै अनुभवी खेलाडी रोहित चन्द पनि यो टिममा परेका छैनन् । फिफा विश्वकपको दोस्रो चरणको छनोटका लागि नेपाली टिमको यो अन्तिम तयारी खेल हुनेछ ।
त्यसपछि नेपाली टिम सेप्टेम्बर ५ मा कुवेतविरुद्धको खल्नेछ । त्यसपछि नेपालले सेप्टेम्बर १० मा चाइनिज ताइपेइविरुद्ध उसकै मैदानमा खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।