इंग्लिस प्रिमियर लिग: आर्सनलद्वारा बर्नले दुई-एकले पराजित

 साउन ३२, २०७६ शनिबार १९:३८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगकाे आजकाे खेलमा आर्सनलले बर्नलेलाई हराएको छ ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनलले बर्नलेलाई २–१ ले पराजित गरेको हो । आर्सनलको जितमा अलेक्सान्द्रे लाकाजेटी र पिएरे अबामेयाङले एक एक गोल गरे ।

१३औंँ मिनेटमा लाकाजेटीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा एश्ले बार्नेसले गोल गर्दै पहिलो हाफअघि बर्नलेलाई खेलमा फर्काए । ६४औंँ मिनेटमा अबामेयाङ्ले ड्यानी सेबालोसको पासमा गोल गर्दै आर्सनललाई फेरी अग्रता दिलाए ।

जुन गोल आर्सनललाई तीन अंक दिलाउन निर्णायक बन्यो । आर्सनलको यो लगातार दोस्रो जित हो । आर्सनलले न्यूक्यासल युनाइटेडविरुद्धको जितबाट प्रिमियर लिगको नयाँ सिजन सुरु गरेको थियो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया