मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री ...
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानको राजधानी काबुलमा विवाह समारोहमा शनिबार भएको आत्मघाती बम हमलामा दर्जनाैँकाे ज्यान गएको आशंका गरिएको छ ।
अफगाननिस्तानको गृह मन्त्रालयले बम हमलामा दर्जनौँ मानिसको ज्यान गएको जनाएको छ । यो विष्फोट शहरको शिया बहुल इलाकामा भएको हो ।
विवाह समारोहको रिसेप्सन हलमा आत्मघाती हमला गर्ने व्यक्ति आफू पनि बमसँगै उडेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सामाजिक सञ्जालमा शेयर गरएको तस्बिरमा घटनास्थल बाहिर केही मानिसहरु विलाप गरिरहेको देखिन्छ । अहिलेसम्म यो घटनाको जिम्मा कसैले पनि लिएको छैन ।
अफगानिस्तानमा पछिल्ला समयमा ठूला हमला बारम्बार हुँदै आइरहेको छ । यसअघि एक प्रहरी चौकीमा भएको बम हमलामा १४ को ज्यान गएको थियो भने १५० भन्दा बढि घाइते भएका थिए । त्यसको जिम्मा तालिबानले लिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।