भारतको महाराष्ट्र राज्यमा बस र ट्रक ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु

 भदौ २, २०७६ सोमबार ११:५२:१ | एजेन्सी
unn.prixa.net

भारतको महाराष्ट्र राज्यको धुले जिल्लामा आइतबार राति बस र ट्रक एकआपसमा ठोक्किँदा १५ जनाको ज्यान गएको छ । दुर्घटनामा ३५ जना भन्दा बढी घाइते भएका छन् । महाराष्ट्र राज्यले सञ्चालन गरेको बस औरङ्गावादबाट शहादा जाँदै गर्दा ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार नीमगुल गाउँ नजिक दुर्घटना भएको हो । दुर्घटनापछि ठक्करको तीव्रताका कारण ट्रक पल्टिएको र नराम्रोसँग क्षतिग्रस्त भएको थियो । 

त्यसैगरी बस र ट्रक ठोक्किँदा बसका केही भाग पनि क्षतिग्रस्त भएका छन् । बसका चालकको घटनास्थलमा नै ज्यान गएको छ । बसमा कति जना सवार थिए भन्ने बारेमा थाहा भैसकेको छैन । 

घाइतेहरुलाई अस्पताल लगिएको छ । दुर्घटनाको स्थिति हेर्दा मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया