इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र वुल्भर ह्याम्प्टनबीच प्रतिस्पर्धा

 भदौ २, २०७६ सोमबार १२:१९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा साेमबार राति एउटामात्रै खेल हुँदै छ । जसमा म्यानचेस्टर युनाइटेड र वुल्भर ह्याम्प्टन आमने सामने हुने छन् । यो खेल नेपाली समय अनुसार राति पौने १ बजेदेखि सुरु हुने छ ।

म्यान्यू लगातार दोस्रो जितका खोजिमा हुने छ भने वुल्भ्स पनि पहिलो जितको खोजिमा हुने छ । पहिलो खेलमा बराबरी खेल्दै वुलभ्सले एक अंक जोडेको थियो ।

म्यान्यूका प्रशिक्षक ओले गुनर सोल्कजाएरले याे खेलमा एलेक्स सान्चेजले खेल्ने सम्भावना धेरै रहेको बताएका छन् । त्यस्तै डिफेन्डर इरिक बेली र टिम फोसु मिन्सा भने घाइते भएकाले म्यान्यूको लाइन अपमा देखिने छैन । उनले वुल्भसले पनि राम्रो फुटबल खेल्ने भएकाले गेम टफ हुने बताए । वुल्भ्सले एफ ए कपको क्वार्टरफाइनलमा युनाइेटडलाई हराएकाले पनि कम आंकन नसकिने आंकलन गरिएको छ ।

उता वुलभ्सका प्रशिक्षक नुनो स्प्रिटो स्यान्टोले आफ्ना म्यानचेस्टर युनाइटेडविरुद्धका खेल पुरै नयाँ रहेको बताएका छन् । उनले आफूले प्रिमियर लिगकै ठूलो गेमका रुपमा लिएको पनि बताए ।

यो सिजनमा चेल्सीमाथि ४–० को जित निकाल्दै प्रतियोगिता सुरु गरेको म्यान्यू र लेस्टरसिटीसँग गोल रहित बराबरी खेलेको वुलभ्सको नतिजा भने एक एक गोलको बराबरीमा टुंगिने फुटबल पण्डितहरुले अनुमान गरेका छन् ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया