साफ यू १५ च्याम्पियनसिप खेल्न नेपाली युवा टोली भारत प्रस्थान

 भदौ २, २०७६ सोमबार १२:४५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

साफ यू १५ च्याम्पियनसीप खेल्न नेपाली युवा टोली भारत प्रस्थान गरेको छ । 

बुधबारदेखि भारतको पश्चिम बंगालमा रहेको कल्याणी रंगशालामा सुरु हुन लागेको प्रतियोगिता खेल्न नेपाली टोली काँकडभिट्टा हुँदै भारत प्रस्थान गरेको हो ।

इटहरीमा बन्द प्रशिक्षणमा रहेको नेपाली टोली उतैबाट गएको हो । नेपालले पहिलो खेलमा बुधबार भारतसँग प्रतिस्पर्धा गर्ने छ । भारत साविक विजेता समेत हो । प्रतियोगितामा नेपाल र भारतसहित बंगलादेश, श्रीलंका र भुटान गरि पाँच राष्ट्रको सहभागिता छ ।

सिंगल राउण्ड रोविन प्रणालीमा हुने प्रतियोगिताका शीर्ष २ टिमले उपाधि भिडन्त गर्नेछन् । सन् २०१३ बाट सुरु भएको यस प्रतियोगितामा नेपाल २ पटक फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया