बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रको निधन

 भदौ २, २०७६ सोमबार १३:५०:४८ | एजेन्सी
unn.prixa.net

बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रको नयाँ दिल्लीको एक अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको छ । 

जगन्नाथ मिश्र पछिल्लो केही महिनापछि बिरामी थिए । उनी बिहारमा तीन पटक मुख्यमन्त्री बनेका थिए । जगन्नाथ बिहारमा कांग्रेसका अन्तिम मुख्यमन्त्री थिए । उनी केन्द्रमा पनि मन्त्री भैसकेका छन् । 

जगन्नाथका भाइ ललित नारायण मिश्र इन्दिरा गान्धीको सरकारमा रेल मन्त्री थिए । राजनीतिमा आउनुअघि मिश्र बिहार विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक थिए ।

उनले केही किताब पनि लेखेका छन् । कांग्रेस कमजोर भएको अवस्थामा मिश्रले राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) लाई सम्हालेका थिए । उनी एनसीपीपछि जनता दल युनाइटेडमा पनि गएका थिए । 

जगन्नाथ मिश्र करोडौँ रुपैयाँको बहुचर्चित चारा घोटालाका अभियुक्त पनि रहेका थिए । हालै मात्र राँची उच्च अदालतले मिश्रलाई यो मुद्दामा विमुक्त गरेको थियो । 

जगन्नाथ मिश्रका छोरा नीतीश मिश्र  बिहारका मुख्यमन्त्री नीतीश कुमारको मन्त्रिमण्डलमा मन्त्री रहेका छन् । जगन्नाथको निधनलाई लिएर नेताहरुले दु:ख व्यक्त गरेका छन् । 

उनकाे निधनलाई लिएर बिहारमा तीन दिन शाेककाे घाेषणा गरिएकाे छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया