लियोनल मेस्सी र ज्लाटन इब्राहिमोभिच पुस्कस अवार्डकाे मनाेनयनमा

 भदौ ३, २०७६ मंगलबार १३:५९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

लियोनल मेस्सी र ज्लाटन इब्राहिमोभिच यस वर्षको पुस्कस अवार्डका लागि मनोनयनमा परेका छन् । पुस्कस अवार्डका दावेदार १० जनाकाे मनोनयन सार्वजनिक गर्दा उनीहरु पनि परेका हुन् ।

पुस्कस अवार्ड २००९ देखि प्रदान गर्न सुरु गरिएकाे थियो । हंगेरी, स्पेन र रियल मड्रिडका स्ट्राइकर फेरेन्स पुस्कसको नाममा निर्माण गरिएको यो अवार्ड वर्षको उत्कृष्ट गोल गर्ने खेलाडीलाई दिने गरिएको छ । उपाधिका लागि बुन्डेसलिगा, स्पेनिस ला लिगा, महिला विश्वकप र अन्य लिगमा गरेका प्रदर्शनका आधारमा खेलाडीहरुलाई मनोनित गरिएको थियो ।

रियल बेटिसविरुद्धको खेलमा गरेको गोलका कारण मेस्सी मनोनयनमा परेका हुन् । मेस्सीको यो ७ आँठाैँ पटकको पुस्कस यात्रा हो भने एल ए ग्यालेक्सी विरुद्धको खेलमा गरेको भली गोलका कारण इब्राहिमाेभिच मनोनयनमा परेका हुन् । विजेता घोषणा समर्थकहरुको भोटका आधारमा गरिनेछ ।

गएकाे वर्ष लिभरपुलका मोहम्मद सलाहले र इब्राहिमाेभिचले २०१३ मा पुस्कस अवार्डजितेका थिए । त्यस्तै रोनाल्डो र नेयमारले पनि पुस्कस अवार्ड जितिसकेका छन् । सात पटक मनोनयनमा परे पनि मेस्सीले भने यो अवार्ड जित्न सकेका छैनन् । यस पटकको मनोनयमा ८ जना पुरुष खेलाडी छन् भने २ जना महिला खेलाडीहरु पनि परेका छन् ।

जसमा क्यामरुनकी अजरा नोहुट र अमेरिकाकी एमे रोड्रिगेज रहेकी छिन् । यसैगरी अन्य खेलाडीहरुमा ब्राजिलका म्याथ्यू चुन्हा, इटलीका फावियो क्वेगलरिल्ला, कोलम्बियाका जआन फर्नान्डो, इंग्ल्याण्डका एन्ड्रोस टाउनसेन्ड, रोमानियाका डेनियल जोसरी रहेका छन् ।

पुस्कस अवार्ड पहिलो पटक जित्ने खेलाडी भने पोर्चुगलका क्रिष्टियानो रोनाल्डो हुन् ।

उनले २००९ मा यो अवार्ड जितेका थिए । यसैगरी २०१० मा टर्कीका हमित अल्टिनटप, २०११ मा ब्राजिलका नेयमार, २०१२ मा स्लोभाकियाका मिरोस्लाभ स्टोच, २०१३ मा स्वीडेनका ज्लाटन इब्राहिमोभीक, २०१४ मा कोलम्बियाका जेम्स रोड्रिगेज, २०१५ मा ब्राजिलका वेन्डेल लिराले पुस्कस अवार्ड हात पारेका थिए ।

यसैगरी २०१६ मा मलेसियाका मिडफिल्डर मोहम्मद फइद सुबरीले जितेका थिए । २०१७ मा फ्रान्सका ओलिभर जिरुड र २०१८ मा इजिप्टका मोहम्मद सलाहले यो अवार्ड हात पारिसकेका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया