च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - श्रीलंकामा आयोजना हुने यू-१९ एसिया कप क्रिकेटका लागि नेपाल समूहमा २ वटा टेस्ट खेल्ने देश परेका छन् ।
नेपालको समूहमा टेस्ट खेल्ने श्रीलंका र बंगलादेश परेका छन् भने वेस्टर्न रिजनबाट छनोट भएको यूएई पनि रहेको छ । नेपालले इस्टर्न रिजन च्याम्प्यिनसिप जित्दै श्रीलंकामा सेप्टम्बर ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा पहिलो खेलमा नेपलले श्रीलंकासँग खेल्ने छ ।
यसैगरी नेपालले दोस्रो खेलमा सेप्टेम्बर ८ मा बंगलादेश र १० तारिखमा यूएईसँग खेल्ने भएको छ । यसैगरी अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेतले प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले यू १९ एसिया कपका लागि तयारी सुरु गरिसकेको छ । एसीसीबाट स्वीकृति आउन ढिला भएपछि १२ अगस्टदेखि मात्रै औपचारिक प्रशिक्षण सुरु गरेको थियो ।
प्रतियोगिता सुरु हुनु १० दिनअघि नै श्रीलंका जाने नेपाली टिमले त्यही केही अभ्यास खेल पनि खेल्ने तयारी गरेको छ । त्यसका लागि एसीसीले समन्वय गरिरहेको नेपाली टिमका प्रशिक्षक विनोद दासले बताएका थिए ।
दासले नेपालले पाकिस्तान र अफगानिस्तानसँग श्रीलंकामा अभ्यास खेलका लागि आग्रह गरे पनि त्यसबारे कुनै जवाफ नआएको बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।