च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – भारतमा जारी साफ यू-१५ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ५-० ले पराजित भएको छ ।
भारतको कल्याणीमा भएको खेलमा सुरुवातदेखि नै नेपालमाथि हावी भएको भारतले छैटौं मिनेटमा पहिलो गोल गर्याे । उसका लागि महेसोन सिंहले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्न सफल भए । खेलको सुरुवातमा नै गोल खाएको नेपालले ४३ औं मिनेटमा फेरि अर्को गोल बेहोर्याे, उसका लागि मजुम्दारले गोल गर्न सफल भए ।
पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा थप तीन गोल थप्यो । ५० औं मिनेटमा फेरि मजुम्दारले नै गोल गर्न सफल भए । त्यसपछि ५६ औं मिनेटमा भारतले चौथो गोल गर्याे । उसका लागि नोङमिकामपले गोल गर्दै टिमलाई चार शून्यको अग्रतामा पुर्याए ।
खेलको अन्त्यतिर भारतले नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै पाँचौ गोल गर्न सफल भयो । नेपालले भारतविरुद्ध आक्रामक खेल खेल्न नसक्दा एक गोल पनि गर्न सकेन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।