च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
युभेन्टस्का स्ट्राइकर तथा पोर्चुगल राष्ट्रिय टिमका खेलाडी क्रिस्टियानो रोनाल्डोले सन् २०१८ आफ्नो करियरकै सबैभन्दा खराब वर्ष भएको बताएका छन् ।
आफूविरुद्ध लागेको बलात्कारको आरोपले आफ्नो आदर्शमा आँच पुगेको हुँदा सन् २०१८ आफ्ना लागि सबैभन्दा खराब वर्ष साबित भएको रोनाल्डोले बताएका छन् ।
रोनाल्डोविरुद्ध १० वर्षअघि लस भेगासमा एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । तर आपराधिक आरोपको सामना गरेपछि जाँचका क्रममा ती महिलाको दाबी विफल भएपछि रोनाल्डो निर्दाेष साबित भएका थिए ।
सन् २०१८ मा क्याथरिन मायोर्गा नाम गरेकी एक महिलाले सन् २००९ मा रोनाल्डो छुट्टी मनाउन गएको समयमा दुई जनाको भेट भएको र आफूसँग जबर्जस्ती गर्ने प्रयास गरेको बताएकी थिइन् ।
पोर्चुगलको टेलिभिजन टीभीआईलाई दिएको अन्तर्वार्तामा रोनाल्डोले भने, ‘व्यक्तिगत रुपमा भन्दा सन् २०१८ मेरा लागि सबैभन्दा खराब वर्ष थियो ।’ ‘जब मानिसहरुले कसैको आदर्शमाथि प्रश्न उठाउँछ तब त्यसले दुख्छ, धेरै दुख्छ’, रोनाल्डोले थपे ।
अन्त्यमा रोनाल्डोले आफू निर्दाेष साबित हुँदा आभारी र गौरवान्वित भएको बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।