एभीसी भलिबलमा नेपाल पाँचाैँ: उपाधिका लागि उज्बेकिस्तान र किर्गिस्तान खेल्ने

 भदौ ६, २०७६ शुक्रबार १७:३४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालले एभीसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबलमा पाँचौँ स्थान हासिल गरेकाे छ ।

समूह चरणका दुवै खेलमा पराजित भएको नेपाल र अफगानिस्तान पाँचौँ स्थानका लागि प्रतिस्पर्धा गरेका थिए । नेपालले शुक्रबार आर्मी कभर्डहल लगनखेलमा अफगानिस्तानमाथि ३–१ काे जित निकाल्दै पाँचौँ स्थानमा प्रतियोगिता टुंग्याएकाे हाे । नेपालमै आयोजना भएको यो प्रतियोगितामा घरेलु कोर्टको फाइदा उठाउँदै पदक जित्ने अपेक्षा गरिए पनि समूह चरणमा नेपालले कुनै पनि सेट जित्न सफल भएको थिएन ।

शुक्रबार अफगानिस्तानविरुद्ध पहिलो सेट २५–२३ले जितेको नेपालले दोस्रो सेट भने गुमाएको थियो । दोस्रो सेटमा अफगानिस्तानले २५–२३ ले जित्दै सेट बराबरी गरेको थियो । तेस्रो सेटमा भने नेपालले २५–१८ को स्कोरमा जित हात पार्दै सेटमा २–१ को अग्रता बनाएको थियो ।

चौथो सेटमा नेपालले २६–२४ ले जित हात पार्दै ३–१ को सेटमा जित हात पार्दै पाँचौँ स्थानमा रहेर प्रतियोगित टुंग्यायो । नेपालसँग पराजित भएको अफगानिस्तान छैटौँ स्थानमा रहँदा बंगलादेश सातौँ स्थानमा रह्यो । प्रतियोगिताको उपाधिका लागि शनिबार उज्बेकिस्तान र किर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

समूह चरणमा तेस्रो स्थानमा रहेका टोलीहरुबीच पाँचौँ स्थानका लागि प्लेअफ हुन लागेको हो । नेपाल समूह ए बाट दुवै खेलमा पराजित हुँदै अन्तिम भएको थियो भने चार टोली रहेको समूह बी बाट अफगानिस्तान तेस्रो भएको थियो ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया