एभीसी भलिबलमा माल्दिभ्सलाई हराउँदै तुर्कमेनिस्तान तेस्राे

 भदौ ६, २०७६ शुक्रबार १९:५७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एभीसी सेन्ट्रल जोन मेन्स भलिबल प्रतियोगितामा तुर्कमेनिस्तान तेस्रो भएको छ ।

आर्मी कर्भडहल लगनखेलमा शुक्रबार भएको तेस्रो स्थानको लागि भएकाे प्रतिस्पर्धामा तुर्कमेनिस्तानले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै तेस्रो स्थानमा हात पारेको हो । तुर्कमेनिस्तानले पहिलो सेट २५–१९ तथा दोस्रो से २५ -२०ले जितेको थियो । त्यस्तै तेस्रो सेट २५–१९ ले जित्दै तेस्रो भएकाे तुर्कमेनिस्तानले कास्य पदक जित्न सफल भयो ।

प्रतियोगिताको उपाधिका लागि शनिबार उज्बेकिस्तान र किर्गिस्तानले खेल्नेछन् । 

 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया