रसुवाको तातोपानीमा पहिरो, दुई वटा कन्टेनरमा क्षति

 भदौ ६, २०७६ शुक्रबार २०:२०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – गोसाईकुण्ड गाउँपालिका–२, तातोपानी नजिकै पहिरो जाँदा दुई वटा कन्टेनरमा क्षति पुगेको छ ।

शुक्रबार दिउँसो आएको पहिरोले ना ६ ख ५४९७ र ना ५ ख ५८०३ नम्बरको कन्टेनरमा क्षति पुगेको हो ।

यसअघि पनि यस क्षेत्रमा पहिरो जाने गरेको थियो । स्याफ्रु–रसुवागढी सडकखण्डमा पहिरोको उच्च जोखिम छ । यस क्षेत्रमा यसअघि पनि दुई पटकसम्म सवारीमा क्षति गरेको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया