एभीसी सेन्ट्रल जोन भलिबलको उपाधिका लागि उज्बेकिस्तान र किर्गिस्तानबीच प्रतिस्पर्धा हुँदै

 भदौ ७, २०७६ शनिबार ७:३४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाँचौं एभीसी सिनियर मेन्स एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधिका लागि शनिबार किर्गिस्तान र उज्बेकिस्तान प्रतिस्पर्धा गर्दैछन् ।

पहिलोपल्ट फाइनलमा पुगेको उज्बेकिस्तान र तेस्रो संस्करणको उपाधि विजेता किर्गिस्तान दुवै शतप्रतिशत जितका साथ उपाधि भेट निश्चित गरेका हुन् ।

लगनखेलस्थित आर्मीको शारीरिक शुगठन तथा तालिम केन्द्रको कभर्डहलमा शनिबार दिउँसो २ बजेदेखि फाइनल खेल सुरु हुनेछ ।

समूह एबाट विजेताका रुपमा रहेको किर्गिस्तानले सेमिफाइनलमा साविक विजेता तुर्कमेनिस्तानलाई सोझो सेटमा पराजित गरेको थियो । उज्बेकिस्तानले पनि समूह बीबाट विजेताका रुपमा सेमिफाइनलमा पुगेर माल्दिभ्सलाई हराउँदै फाइनलमा पुगेको थियो ।

यसअघि शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा तुर्कमेनिस्तानले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको थियो भने पाँचौं स्थानको प्लेअफमा नेपालले अफगानिस्तानविरुद्ध जित रचेको थियो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया