एसेज शृङ्खला : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलिया बलियाे अवस्थामा

 भदौ ७, २०७६ शनिबार ८:१३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डविरुद्धको तेस्रो एसेजमा अस्ट्रेलिया मजबुत स्थितिमा देखिएको छ । आफ्नो पहिलो इनिङमा १९७ रनमा अल आउट भएकोमा घरेलु टोली इंग्ल्याण्डलाई ६७ रनमै अलआउट गरेको थियो ।

दोस्रो इनिङमा अस्ट्रेलियाले ६ विकेट गुमाएर १७१ रन बनाएको छ ।  अब दोस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले २८३ रनको अग्रता लिएको छ ।

अस्ट्रेलियाका लागि मार्नस लाबुसचागनेले लगातार उत्कृष्ट ब्याटिङ गरेका छन् । उनले अविजित ५३ रन बनाएर खेलिरहेका छन् । त्यस्तै म्याथ्यु वाडेले ३३, ट्राभिस हेडले २५, उसमान ख्वाजाले २३ र मार्कस ह्यारिसले १९ रन बनाएर आउट भए । 

इंग्ल्याण्डका बलर स्टुअर्ट बोर्ड र बेन स्टोकले २–२ विकेट लिएका छन् ।

पहिलो इनिङमा ६ विकेट लिएका जोफ्रा आर्चरले भने दोस्रो इनिङमा विकेटविहीन छन् ।

अस्ट्रेलियालाई पहिलो दिन १७९ रनमा समेटेको इंग्ल्याण्डले आफ्नो पहिलो इनिङमा केवल ६७ रन बनाउँदा अलआउट भएको थियो । इंग्ल्याण्डका लागि जोनी डेन्लीले बनाएको १२ रन नै सर्वाधिक रन थियो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया