श्रीलंकाले पाकिस्तान गएर टी-२० र एकदिवसीय शृङ्खला खेल्ने

 भदौ ७, २०७६ शनिबार ९:२०:४२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

श्रीलंकाले पाकिस्तानमा सिरिज खेल्ने भएको छ । २००९ मा श्रीलंकन टोलीमाथि आतंकवादी हमला भएपछि श्रीलंका पाकिस्तान गएको थिएन । अन्य देशले पनि पाकिस्तान गएर खेल्न अस्वीकार गर्दै आएका छन् ।

सेप्टेरम्बरमा श्रीलंकाले पाकिस्तानमा एक दिवसीय र टी-२० खेल्ने तय भएको छ । जसमा तीन एक दिवसीय र तीन टी–२० समावेश गरिएको छ । श्रीलंकाका खेलमन्त्री हारिन फर्नान्डोले भने ‘सीमित ओभरको क्रिकेटका लागि टिम पाकिस्तान पठाउन तयार भए पनि टेस्ट सिरिजका लागि टिम पठाउने अवस्था छैन ।’

श्रीलंका र पाकिस्तानबीचको टेस्ट सिरिज भने यूएईमा हुने सम्भावना बढी छ । पाकिस्तानमा आतंकवादी हमला भएपछि पाकिस्तानी टिमले यूएईमा अन्तर्राष्ट्रिय तथा घरेलु सिरिज आयोजना गर्दै आएको छ ।

सेप्टेम्बर–अक्टुबरमा  खेलिने तीन टी–२० र तीन एक दिवसीय क्रिकेटमध्ये  टी–२० लाहोर र एक दिवसीय कराँचीमा हुने छ ।

यस्ताे छ खेलतालिका

२७ सेप्टेम्बर - पहिलाे ओडीआई, कराची

२९ सेप्टेम्बर - दाेस्राे ओडीआई, कराची

२ अक्टाेबर - तेस्राे ओडीआई, कराची

५ अक्टाेबर - पहिलाे टी-२०, लाहाेर

७ अक्टाेर - दाेस्राे टी-२०, लाहाेर

९ अक्टाेबर - तेस्राे टी-२०, लाहाेर

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया