च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
भारतीय बलर जसप्रित बुमराहले टेस्ट करियरमा ५० विकेट पूरा गरेका छन् ।
वेस्ट इण्डिजविरुद्धको पहिलो टेस्टमा बुमराहले ड्यारेन ब्राभाेलाई आउट गर्दै ५० विकेट पूरा गरेका हुन् । उनले रविचन्द्रन आश्विनलाई पछि पारेका हुन् । उनले सबैभन्दा कम बलमा ५० विकेट पुरा गरेका हुन् । बुमराहले ५० विकेट लिनका लागि २ हजार ४ सय ६५ बल बलिङ गरेका थिए । यो उपलब्धि हासिल गर्नका लागि आश्विनले २ हजार ५ सय ९७ बल बलिङ गरेका थिए ।
यस्तै ११ टेस्टमा ५० विकेट लिने कीर्तिमान बनाउँदा बुमराहले वेंकटेश प्रसाद र मोहम्मद शामीको रेकर्ड पनि तोडेका छन् । यो रेकर्डमा यसअघि वेंकटेश प्रसाद र मोहम्मद शामीले १३ टेस्टमा ५० विकेट लिने रेकर्ड बनाएका थिए । बुमराहालाई वेस्टइण्डिजविरुद्धको एक दिवसीय र टी २० मा भने विश्राम दिइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।