च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
स्पेनिस ला लिगामा साविक विजेता बार्सिलोनाले रियल बेटिसमाथि पाँच दुईको प्रभावशाली जित निकालेको छ । यो सिजनको पहिलो खेलमा नै स्तब्ध भएको बार्सिलोनाले बेटिसविरुद्ध उत्कृष्ट फुटबल खेल्न सफल भयो । उसको जितमा एन्टोइन ग्रिजमनले दुई गोल गरे ।
घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले रियल बेटिसको एक गोलको अग्रतालाई एल्ट्याउदै पाँच गोल गरेको थियो । खेलको १५ औं मिनेटमा फिकिरको गोलमा बेटिसले अग्रता बनाएको थियो । तर ४१ औं मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई बराबरीमा पुर्याए । यसै सिजन बार्सिलाेनामा आएका उनले घरेलु मैदानमा डेब्यू खेलमा नै आफ्नाे उत्कृष्ट खेल देखाउन सफल भए ।
त्यसपछि ५० औं मिनेटमा फेरि सेर्गि रोबर्टोको पासमा ग्रिजमनले नै गोल गर्दै टिमलाई दुई एकको अवस्थामा पुर्याए । ५६ औं मिनेटमा काल्र्स परेजले गोल गरे भने ६० औं मिनेटमा जोर्डी अलावाले बार्साका लागि चौथो गोल गरे । यस्तै ७७ औं मिनेटमा अर्टुरो भिडालले ग्रिजमनको पासमा बार्सिलोनालाई पाँच एकले अगाडि राखे ।
७९ औं मिनेट बेटिसका लागि लोरेन मोरोनाले एक गोल फर्काए पनि त्यसपछि अरु गोल हुन सकेन र बार्सिलोना पहिलो तीन अंक जोड्न सफल भयो । उसको अंक तालिकामा दुई खेलमा तीन अंक भएको छ ।
यस्तै, राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले लेगानेसलाई एक शून्यले हरायो । उसको जितमा एकमात्र गोल भिटोलोले गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।